यो परीक्षा कार्यस्थलमा खाना सम्हालने (फूड ह्यान्डलिंग) र खाद्य सुरक्षा सम्बन्धि तपाईंको ज्ञान र बुझाई जाँच गर्नको लागि हो।
यो परीक्षामा 30 वटा बहुविकल्प भएका प्रश्नहरु छन्, जुन तपाईंले एकै सत्रमा पूरा गर्नु पर्छ। तपाईं उतिर्ण हुनको लागि र प्रमाणपत्र प्राप्त गर्नको लागि 90 प्रतिशत भन्दा बढी प्राप्तांक पाउनु आवश्यक छ।
यस पाठ्यक्रमका सबै विषयहरुलाई पूरा गरेमा तपाईंलाई परीक्षामा पास हुन मद्दत गर्न सक्छ । DoFoodSafely उतीर्ण गरेको प्रमाणपत्र 'Certificate of Completion' पाउनको लागि तपाईंको नाम र ईमेल ठेगाना चाहिन्छ र तपाईंलाई पठाईएको ईमेलबाट तपाईंको कम्प्यूटरमा प्रमाणपत्र डाउनलोड गर्न सक्नुहुन्छ।
एक पटक तपाईंको प्रमाणपत्र तपाईंलाई ईमेलमा पठाइसके पछि स्वास्थ्य विभाग भिक्टोरियाले तपाईंको जानकारी संचित राख्दैन।
हामी तपाईंलाई प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गर्न सक्दैनौं।