स्वास्थ्य विभाग (The Department of Health)(विभाग) ले Privacy and Data Protection Act 2014 (Vic) र Health Records Act 2001 (Vic) अन्तर्गतको दायित्वहरूको पालनामा उचित सूचना ह्यान्डलिंग अभ्यास र सूचनाको उपयोगलाई समर्थन गर्दछ।
व्यक्तिगत विवरण इच्छित उद्देश्य/हरूका लागि मात्र प्रयोग गरिनेछ र जहाँ अभिप्रायमा गोपनीयता समावेश हुन्छ, कानूनको लागि आवश्यक नभएसम्म विवरणहरू त्यसै बमोजिम व्यवहार गरिनेछ। तपाईंको व्यक्तिगत जानकारी (एक व्यक्तिको रूपमा तपाईंलाई पहिचान गर्न सक्ने विवरण) तपाईंले यस वेबसाइट चलाउँदा र यससंग अन्तरक्रिया गर्दा कसरी व्यवहार गरिनेछ भनेर यो गोपनीयता उद्घोषणले बताउँछ।
यस गोपनीयता उद्घोषणमा उल्लिखित अभ्यासहरू गोपनीयता कानूनअनुसार विभाग (department) को व्यक्तिगत सूचना सम्हाल्ने कुनै पनि अधिकारकाे अधीनमा हुन्छ। विभाग तपाईंको गोपनीयताको सुरक्षा गर्न प्रतिबद्ध छ। विभागले Certificate of Completion (प्रमाणपत्र) जारी गर्न र उपलब्ध ठेगानामा ईमेल पठाउनको लागि मात्र DoFoodSafely वेबसाइटको माध्यमबाट व्यक्तिगत विवरण संकलन र प्रयोग गर्दछ। यी विवरण, नाम, थर र ईमेल ठेगाना, विभागले संचित गर्दैन। ईमेल गरिएका प्रमाणपत्र एकपटक मात्र पठाइन्छ र त्यस पछि प्रमाणपत्रको प्रतिलिपि जारी गर्ने कुनै क्षमता हुँदैन। यदि प्रयोगकर्ताले आवश्यक विवरण प्रदान नगर्ने छनौट गर्दछ भने त्यहाँ कुनै प्रमाणपत्र जारी गर्न सकिँदैन।
यसले तपाईंलाई ईमेल गरिएको प्रमाणपत्र जारी गर्नको लागि लिने समयको दौरान, तपाईंको सूचनालाई सर्भरमा छोटो अवधिको लागि संचित गरेको हुन सक्छ। यदि छोटो अवधिको लागि संचित गरेको छ भने विवरणलाई बलियो 128-बिट SSL इन्क्रिप्शनद्वारा सुरक्षित राखिन्छ।
बाह्य वेबसाइटहरूको लिंक
यो गोपनीयता उद्घोषण यस वेबसाइटभन्दा बाहिर लागू हुँदैन। यस वेबसाइटबाट अन्य वेबसाइटहरूमा जाँदा ति वेबसाइटहरूको गोपनीयता अभ्याससंग आफूलाई परिचित गर्नको लागि त्यो साइटको गोपनीयता कथन पढ्न हामी सल्लाह दिन्छाैं।
क्लिकस्ट्रिम (Clickstream) डाटा
यो वेबसाइटको वेब सर्भरले स्वचालितरूपमा गैरव्यक्तिगत clickstream डाटालाई रेकर्ड गर्दछ। कानूनी आवश्यक नभएसम्म वा वेबसाइटको सम्बन्धमा संदिग्न अनुचित गतिविधिको अनुसन्धान गर्ने वा कानून प्रवर्तनमा सहयोग गर्ने आवश्यकता नभएसम्म कुनै पनि क्लिकस्ट्रिम डाटाले तपाईंलाई पहिचान गर्नसक्ने क्लिकस्ट्रिम डाटाबाट हामी तपाईंलाई पहिचान गर्ने छैनौं।
तथ्यांक र प्रणाली प्रशासन उद्देश्यको लागि मात्र निम्न clickstream डाटा स्वतः यस वेबसाइटको वेब सर्भरद्वारा रेकर्ड गरिएको हुन्छ:
- तपाईंको आईपी (IP) ठेगाना • तपाईंको डोमेन नाम (जस्तै yahoo.com, gmail.com, आदि)
- तपाईंले त्यो साइट हेरेको मिति तथा समय
- तपाईंले हेरेको पृष्ठहरू र डाउनलोड गरेका फाइलहरू
- तपाईंले हेर्नुभएको अन्तिम साइटको ठेगाना
- तपाईंको अपरेटिङ् सिस्टम
- तपाईंले प्रयोग गरिरहनुभएको ब्राउजरको प्रकार।
कुकीजहरू (Cookies)
अरू धेरै साइटहरूले जस्तै यो वेबसाइटले समय समयमा कुकीजहरूको उपयोग गर्न सक्छ। कुकीजहरू साना डाटा फाइलहरू हुन् जुन वेबसाइट प्रयोगकर्ताको अनुभवका पक्षहरूलाई रेकर्ड गर्नको लागि त्यो वेबसाइटले प्रयोगकर्ताको हार्ड ड्राइभमा राख्नेको हुन्छ। उदाहरणको लागि, कुनै प्रयोगकर्ताले वेबसाइटको एक विशेष खण्ड हेर्यो, उनीहरूको ब्राउजिङ् सफ्टवेयर कुनै विशेष संस्करणको थियो वा वेब पेजहरूमा सरिरहँदा अनलाइन एप्लिकेसनहरू र कारोबारमा तपाईंलाई आफ्नो विवरणहरू पुन: भर्न नपर्ने सुनिश्चित गर्न हामी कुकीजहरूको उपयोग गर्न सक्छौँ। यस तरिकाले, कुकीजहरूले वेबसाइटको संचालनमा सुधार गर्न सक्छ, र अनुभवलाई अधिक प्रभावकारी, अधिक रमाइलो वा धेरै व्यक्तिगत बनाउन सक्छ। महत्त्वपूर्ण कुरा, एक प्रयोगकर्ताको कम्प्युटरमा सूचना संचित गर्न र यसलाई पछि उही सत्र (sessional) मा वा पछि भ्रमण (persistent) गर्दा, कुकीजहरूले प्रयोगकर्ताको पहिचान वा कुनै व्यक्तिगत जानकारी रेकर्ड गर्न आवश्यक पर्दैन।
क्रोम (Chrome), फायरफक्स (Firefox), इन्टरनेट एक्सप्लोरर (Internet Explorer) र सफारी (Safari) जस्ता ब्राउजरहरूको पूर्वनिर्धारित (default) सेटिंग्सले केही वा सबै कुकीजहरूलाई अनुमति दिन सक्छ, तर प्रयोगकर्ताहरू सजिलैसंग आफ्नो हार्डड्राइभबाट कुकीजहरू मेटाउनको लागि, सबै कुकीजलाई रोक्न, वा कुनै कुकीज प्राप्त गर्नुअघि चेतावनी प्राप्त गर्न सक्छन्। तथापि, कुकीजहरूलाई अस्वीकार गर्ने प्रयोगकर्ताहरूका लागि वेबसाइटहरूका केही भागहरूले पूर्ण तरिकाले काम नगर्न सक्छन्।