बारम्बार सोधिने प्रश्नहरू (FAQ)
|
के मैले परीक्षामा बस्नु भन्दा पहिले सबै विषयहरु पूरा गर्नु पर्छ? पर्दैन। यदि तपाईंले प्रत्येक विषयहरू राम्ररी पढ्नुभएको छ र बुझ्नुभएको छ भने तपाईले सजिलै परीक्षाको प्रश्नोत्तरी पास गर्न सक्नुहुनेछ। |
|
मैले प्रश्नोत्तरीमा 27 भन्दा कम सही उत्तर दिएँ, के तैपनि मैले प्रमाणपत्र पाउँछु? पाउँनुहुन्न। प्रमाणपत्र पाउनको लागि तपाईंले 90 प्रतिशत (30 मध्ये 27 वा बढी प्रश्नहरूको सही जवाफ) भन्दा बढी प्राप्तांक ल्याउनु पर्छ। |
|
मैले मेरो परीक्षाको प्रमाणपत्र किन पाइनँ? तपाईंको प्रमाणपत्र तपाईंको ईमेलमा आउन एकदुई मिनेट मात्र लाग्छ। यदि तपाईंले प्रश्नोत्तरीमा 90 प्रतिशत वा माथिको अंक पाउनुभयो, र तपाईंको नाम र ईमेल ठेगाना दिनु भएको छ तर तपाईंको प्रमाणपत्र आएन भने:
तपाईंको 'डाउनलोड' फोल्डरमा जाँच गर्नुहोस् त्यहाँ प्रमाणपत्रको प्रतिलिपि हुनु पर्छ। |
|
मैले मेरो प्रमाणपत्र भेटिन; के तपाईं मलाई एक प्रतिलिपि पठाउन सक्नुहुन्छ? तपाईंको विवरण हाम्रो प्रणालीद्वारा संचित हुँदैन, त्यसैले हामी तपाईंलाई प्रतिलिपि प्रमाणपत्र पठाउन सक्दैनौं। तपाईंले प्रमाणपत्रको लागि एक पटक तपाईंको नाम र ईमेल ठेगाना हालिसकेपछि तपाईंको विवरणहरुलाई प्रमाण पत्र जारी गर्ने र ईमेल पठाउनेसमय सम्मको लागि मात्र राखिन्छ। |
|
के तपाईं मेरो ईमेल ठेगाना, नाम र परीक्षाको परिणामको रेकर्ड राख्नुहुन्छ? राख्दैनौं। एक पटक तपाईंको प्रमाणपत्र जारी गरेर तपाईंलाई ईमेल पठाईसकेपछि हामी तपाईंको कुनै पनि विवरण राख्दैनौं। |
|
तपाईं मलाई मेरो उमेरको बारेमा र मैले पहिला खाद्य उद्योग आदिमा काम गरे नगरेको बारेमा किन सोध्नुहुन्छ? यो कार्यक्रमको उपयोग कस्ले गरीरहेको छ भनेर जान्न हामी यो पहिचान नहुने जानकारी संकलन गर्छौ ; यसले हामीलाई DoFoodSafely मा रहेको जानकारी प्रयोगकर्ताको आवश्यकता अनुसार लक्षित गर्न मद्दत गर्दछ। |
|
के DoFoodSafely एक मान्यता प्राप्त कार्यक्रम हो? होइन। स्वास्थ्य विभाग दर्तावाल प्रशिक्षण संगठन होइन। |
|
DoFoodSafely मान्यता प्राप्त प्रशिक्षण कार्यक्रम हैन भने यो कार्यक्रमको के औचित्य हुन्छ? अष्ट्रेलियामा, खाना छुने वा सम्हाल्ने मानिसहरू (food handlers)ले कानूनतः (अष्ट्रेलिया न्यूजील्याण्ड खाद्य मापदण्ड संहिता अन्तर्गत) 'खानाको सुरक्षा र उपयुक्ततामा जोखिम हुन नदिन सबै उचित उपायहरु पालना गर्नु' आवश्यक छ। DoFoodSafely का विषयबस्तुहरुले सुरक्षितसाथ खाना सम्हाल्नको आवश्यक तत्वहरू तथा सिद्धान्तहरु सिकाउँछ। खाद्य उद्योगमा काम गर्न इच्छुक व्यक्तिहरुलाई उनीहरूले आफ्नो दायित्व थाहा पाउन र बुझ्न सहयोग गर्नको लागि स्वास्थ्य विभाग भिक्टोरियाले दक्षिण अष्ट्रेलिया स्वास्थ्य, क्वीन्सल्याण्ड स्वास्थ्य र तस्मानिया स्वास्थ्यको समर्थनमा यो विशेष DoFoodSafely कार्यक्रम विकसित गरेको छ। |
|
के मैले 'Certificate of completion' पाएपछि मैले 'फुड ह्यान्डलर' (खाना सम्हाल्ने) को रूपमा काम गर्न मद्दत गर्दछ? DoFoodSafely को 'Certificate of completion' पाइसकेपछि खाद्य व्यवसाय सञ्चालकलाई यो कुरामा विश्वास दिलाउँछ कि तपाईं खाना सम्हाल्ने र खाद्य सुरक्षाको सिद्धान्त बुझ्नुहुन्छ र खाद्य उद्योगमा प्रवेश गर्नको लागि तपाईंको प्रतिबद्धताको प्रदर्शन गर्दछ। अधिकांश खाद्य व्यवसायहरुको कर्मचारीहरुले DoFoodSafely उतीर्ण गरेको प्रमाणपत्र 'Certificate of completion' लिनु पर्ने आवश्यकता हुन्छ। |
|
के DoFoodSafely विशेष गरी भिक्टोरियबासीहरुका लागि मात्र हो? होइन। अष्ट्रेलियामा खाद्य कानून र नियमहरु राष्ट्रव्यापी लागू छन्। हरेक राज्य र प्रान्तहरु राष्ट्रिय कानूनहरुको कार्यान्वयनको जिम्मेवार हुन्छन् । तर उनीहरुको कार्यान्वयनमा कहिलेकाहीँ थोरै भिन्नता भएता पनि मूल कानून एउटै हो, तपाईं देशको जुनै राज्यमा भएपनि। |