Skip to Content to Homepage

व्यक्तिगत सरसफाइ

परिचय

मानिसहरूले आफ्नो कान, नाक र घाँटी अनि आफ्नो छाला र हातहरूमा थाहा नपाईकन खानालाई विषाक्त गर्ने ब्याक्टेरिया बोक्छन्।

यदि तपाईंको राम्रो व्यक्तिगत सरसफाइ छैन भने तपाईंको शरीर, कपडा र हातहरूबाट खाना दूषित हुन सक्छ।

खानामा हुने ब्याक्टेरियाले ग्राहकलाई बिरामी बनाउन सक्छ।

तपाईंले यो विषय पूरा गरिसकेपछि तपाईं निम्न कुरामा सक्षम हुनुहुनेछ:

वर्णन गर्नः

  • राम्रो व्यक्तिगत सरसफाइ अभ्यास

व्याख्या गर्नः

यसले कस्ता हानी गर्न सक्छन्:

  • खाना नजिक धूम्रपान गर्दा
  • तपाईं अस्वस्थभएको बेला खाना सम्हाल्दा
  • सफा नहुँदा
  • बारम्बार र राम्ररी हात नधुँदा
  • खाना दूषित गर्नसक्ने चीजहरू लगाउँदा

विषयवस्तुका क्षेत्रहरू: यस भित्रको 5 विषयहरू पूरा गर्नुपर्ने छ।

Back to top